कञ्चनपुर। इन्डियन प्रिमियर लिग (आइपिएल) मा १३ वर्षका वैभव सूर्यवंशीलाई राजस्थानले किनेको छ। योसँगै उनी सर्वाधिक कम उमेरमा आइपिएल खेल्ने खेलाडी बनेका छन्।
उनलाई १.१० करोडमा राजस्थानले अनुबन्धन गर्यो। उनको बेस प्राइस ३० लाख रुपैयाँ रहेको थियो। यसको साथमा उनी आइपिएल इतिहासकै सर्वाधिक कम उमेरका खेलाडी बने।
बिहारका यी खेलाडीको आइपिएलमा यसै सिजनबाट डेब्यु हुने छ। वैभवले यू-१९ अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए। वैभव फर्स्ट क्लास क्रिकेटमा १२ वर्षकै उमेरमा डेब्यू गर्न सफल खेलाडी हुन्।