महेन्द्रनगर । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले बैजनाथ माद्यमिक विद्यालय महेन्द्रनगरलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ ।
बिहिबार नेपाल बैंक लिमेटेड कञ्चनपुरका शाखा प्र्रबन्धक महेश राज जोशीले बैजनाथ माविका प्रधानाध्यापक हरिराज बिष्ट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज कलौनीलाई एक लाख रुपैँया हस्तान्तरण गरेको विद्यालयका लेखा प्रमुख लक्ष्मण भट्टले बताए ।
बैंकले विद्यार्थीहरुकालागि ‘वाटर फ्रिजर’ खरिद गर्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैजनाथ माविलाई एक लाख रुपैँया हस्तान्तरण गरेकोमा विव्यस अध्यक्ष कलौनीले धन्यवाद ज्ञापन गरेका छन् ।