महेन्द्रनगरको निङ्गलाशैनी मन्दिरमा आज रामलिलाको दोस्रो दिन, दुई हप्तासम्म चल्ने

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरैयास्थित निङ्गलाशैनी भगवती मन्दिरमा रामलिला महोत्सव सुरु भएको छ । निङ्गलाशैनी जगन्नाथ रामलिला समितिले आयोजना गरेको रामलिला महोत्सव सोमबार उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले महोत्सव उद्घाटन गरे । उनले रामलिलाबाट समाज र व्यक्तिलाई सदमार्गमा लैजान प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

मर्यादा पुरुष भगवान रामचन्द्रको जीवनीमा आधारित रामलिलाले सत्य र असत्य छुट्याउने शक्ति आर्जन हुने उल्लेख गर्दैै उनले जीवनलाई सत्यको बाटोमा लैजान सहयोग पुग्ने बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप नगर प्रमुख निलम लेखक जोशीले रामलिला रामलिला महोत्सवको सफलताको शुभ व्यक्त गरिन् ।

निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका अध्यक्ष एबम् आयोजक समितिका संयोजक निरञ्जन प्रसाद भट्टको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । कार्यक्रममा राष्ट्रिय गीत, स्वस्ति वाचनपछि कार्यक्रम प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख जोशीले रामलिलाको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमपछि रामलिला प्रदर्शन सुरु भएको छ । उद्घाटन कार्यक्रम सञ्चालन आयोजक समितिका सदस्य सचिव पदमराज भट्टले गरे ।

आयोजक समितिका सदस्य भानदेब भट्ट कार्यक्रममा स्वागत मन्तव्य राखे । कार्यक्रममा रामलिला सञ्चालनमा सहयोग गर्ने संघ संस्था र व्यक्तिलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, भीनपा १५ का वडा अध्यक्ष भुवनराज भट्ट, वडा नं। ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, १ वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, वडा नं। ६ का कार्य वाहक अध्यक्ष देबकी जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्द, महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, निङ्गलाशैनी रामलिला समितिका पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्द, प्रेम सिह भाट, निङ्गलाशैनी भगवती सेवा समितिका अध्यक्ष करबीर सिह भण्डारी लगायतका सहभागी भएका छन् ।

भीमदत्त नगरपालिका कार्यालय, भीनपा १८ नम्बर वडा कार्यालय, भीनपा १५ नम्बर वडा कार्यालय र भीनपा ६ नम्बर वडा कार्यालयले रामलिला आयोजनाका लागि सहयोग गरेका छन् ।

गोबरैया २०७१ मा २८ वर्षपछि पहिलो पटक रामलिला आयोजना गरिएको थियो । त्यसपछि निरन्तर हुँदै आएको रामलिला कोरोना महामारीमा रोकिएर फेरि यस वर्षदेखि सञ्चालन भएको छ ।

गोबरैयाका स्थानीय कञ्चनपुर निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्दको नेतृत्वमा २८ वर्षपछि पहिलो पटक रामलिला गरिएको थियो ।

उद्घाटन कार्यक्रममा आयोजक समितिका संयोजक भट्टले रामलिलाको समान्य इतिहासबारे पनि जानकारी गराए ।

२०७५ मा बैतडीको गुरुखोलामा समेत रामलिला आयोजना गरिएको थियो । २०७४ मा रामलिला आयोजना गरी एम्बुलेन्स खरिद गरिएको थियो ।

रामलिला महोत्वसको सह आयोजकमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था, निङ्गलाशैनी माध्यमिक विद्यालय र निङ्गलाशैनी भूतपूर्व विद्यार्थी समाज छन् । समितिले यस वर्ष रामलिलामा संकलन हुने सहयोग रकबाट अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ ।

रामलिलामा १०–१२ लाख खर्च हुने अनुमान गरिएको छ । रामलिला आयोजनाका लागि २५ सदस्यीय समिति गठन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार