ब्रह्मदेवमा भेटियो स्रोत नखुलेको २५ लाख, समातिए भारतीय नागरिक

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले उक्त रकम बरामद गरेको हो ।

सशस्त्र प्रहरीको झलारी स्थित ३५ नं. गणका एसपी खगेन्द्रबहादुर चन्दका अनुसार भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ताबाट १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँ बरामद गरिएको हो । ‘उक्त रकमको स्रोत खुलाउन नसकेपछि बरामद गरेर राजश्व अनुसन्धान विभागमा पठाएका छौं,’ उनले भने ।

बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहोलपुरस्थित राजश्व अनुसनधान विभाग पठाईएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार