डोकेबजारमा खैरो हेरोइन बेच्ने र किन्ने किशोर पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित दुई जना किशोर पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको लखिमपुर पलियाका २० वर्षीय विकाश पाल र बाजुराको बुढीनन्दा नगरपालिका–७ कोल्टीका १८ वर्षीय किशोर छन्।

पाल लागुऔषध बेचिरहेको र बाजुराका किशोर किनिरहेका अवस्थामा पक्राउ परेका हुन।

उनीहरुको साथबाट १ ग्राम १७० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।

दुवै किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार