कञ्चनपुर। कञ्चनपुरमा ठूलो परिमाणमा अवैध समान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार र शनिबार गरेर दुई दिनको अवधिमा २९ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको अवैध समान बरामद गरिएको हो।

भीमदत्त नगरपालिका–२ भाँसी, वडा नम्बर ४ बसपार्क, चम्मनचोक, वडा नम्बर १० गज्जर, वडा नम्बर ११ विद्युत्त कार्यालय नजिक, बेलौरी नगरपालिका–१० भुडा र बेलडाँडी गाउँपालिका–५ गड्डाबाट अवैध समान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि ल्याएका अन्दाजी २९ लाख २१ हजार ५९० रुपैयाँ बराबरको अवैध समान समातिएको छ।
अवैध पाईन्ट, सर्ट, साडी, सुटपिस, थान कपडा, मोबायल कभर, थेरापी मेशिन, प्लाष्टिक डिब्बा, दाल, पाँपड, बिडी, सुर्ती, खानेतेल, चिनी, हार्डवेयर सामान, स्टेसनरी, कस्मेटिक, किराना लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


