महेन्द्रनगर बजारबाट प्रहरीले समात्यो २७ लाख बराबरको अवैध समान

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर बजारबाट २७ लाख बराबरको अवैध समान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशीका अनुसार बेवारिसे अवस्थामा मोबाइलका कभर, सुटलगायत भन्सार छलि गरेर ल्याएको समान बरामद गरिएको हो।

महेन्द्रनगर बसपार्कनजिकबाट उक्त अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको अवैध समान गड्डाचौकी भन्सार कार्यालय पठाउने तयारी भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार