डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

प्रकाशित:

डोटी। डोटीमा भिरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका-४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो।

उनी शुक्रवार दिउँसो साढे १२ बजेतिर जोरायल गाउँपालिका वडा नम्बर ४ स्थित पत्थरखानी भिरबाट लडेर घाइते भएकी थिइन्। उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी घरदेखि कैलालीको सहजपुर जाने क्रममा लडेर करिब एक सय मिटर तल खसेर घाइते भएपछि उपचारका लागि कैलाली लगिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार