कञ्चनपुरमा एनएमबी बैंकका सेवाग्राहीले अब दातको उपचार गर्दा २० प्रतिशत छुट पाउँने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एनएमबी बैक र फारवेष्ट डेन्टल होम बिच सेवा वितरणमा सम्झौता भएको छ । सोमबार एनएमबी बैंक महेन्द्रनगर शाखा र फारवेष्ट डेन्टल होम महेन्द्रनगर विच बैंकका कर्मचारी र सेवाग्राहीलाई २० प्रतिशत सम्मको आकर्षक छुट दिने सम्झौता भएको छ ।

बैंकका तर्फबाट प्रदेश प्रमुख श्याम अधिकारीर र फारवेष्ट डेन्टल होम कातर्फबाट सञ्चालक रोशन भट्टले उक्त सेवा वितरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार फारवेष्ट डेन्टल होमले प्रदान गर्ने सेवा सुविधामा बैंकका सम्पुर्ण ग्राहक वर्ग र कर्मचारीहरुले उपलब्ध जाँचहरु तथा क्लिनिकल प्रक्रियाहरूमा २० प्रतिशत, सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन्।

एनएमबी बैंक लिमिटेडको मोवाइल बैंकिङ्ग र कार्ड मार्फत भुक्तानीको आधारमा ग्राहकहरुले डेन्टल होमबाट उक्त सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार