भीमदत्तद्वारा विपन्न नागरिकको उपचारका लागि महाकाली अस्पताललाई पाँच लाख सहयोग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई पाँच लाख आर्थिक सहयोग गरेको हो । विपन्न नागरिकको उपचारका लागि भीमदत्त नगरपालिकाले अस्पताललाई नगद सहयोग गरेको छ ।

आइतबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई चेक हस्तान्तरण गरेको छ । भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विपन्न नागरिक, आर्थिक रुपमा समस्यामा परेका गरिब दलित, अशक्त बेवारिसे नागरिकको निःशुल्क उपचारका लागि सहयोग गरेका्े बताईन ।

उनका अनुसार महाकाली अस्पतालमा थुप्रै बेवारिसे बिरामी आउने र उपचारमा समस्या हुने भएकाले पालिकाबाट अस्पताललाई उक्त आर्थिक सहयोग गरिएको बताईन । ‘बिरामीको उपचारकासाथै हामीले पालिकाबाट उनीहरुको उपचारमा खटिने एक कर्मचारी समेत व्यवस्थापन गरेका छौँ, ‘उपप्रमुख लेखकले भनिन, ‘आगामी बर्षमा समेत थप बजेट बृद्धि गछौँ ।

’ चेक ग्रहण गर्दै महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट (किरण)ले पालिकाबाट आएको आर्थिक सहयोगबाट बेवारिसे नागरिकको उपचारमा टेवा पुग्ने बताए । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले पालिकाबाट आएको आर्थिक सहयोगले बेवारिने एव विपन्नको उपचार गर्ने बताए । पालिकाले महाकाली अस्पताल जस्तै ब्लड बैंकका लागि रेडक्रस सहितका स्वास्थ्य संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार