महेन्द्रनगर । कञ्चनपुरमा नदीमा पौडी खेल्नेक्रममा डुबेर २ जनाको मृत्यु भएको छ । आज बेलौरी– ५ स्थित दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको ज्यान गएको हो ।
बेलौरी–४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको पौडी खेल्ने क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
चार जना पौडी खेल्नज गएकोमा दुई जनाको डुबेर मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट रहेका छन् । उनीहरुको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शनिवार दिउसो उनीहरु चारै जना दोदा नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्नेक्रममा राजेन्द्र र विजयले ज्यान गुमाए भने समीर र शिशिर घाइते भएका छन् ।