एक घरमा आगलागी हुँदा ४५ लाखको क्षति

प्रकाशित:

बझाङ । बझाङमा एक घरमा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–७ मार्कु खोलास्थित ६ कोठे पक्की घरमा आगलागी भएको हो। विजुलीको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट घरभित्र रहेका कपडा, अन्न, भाडावर्तन, कागजपत्र, २।५ तोला बराबरको सुन र एक लाख ५० हजार नगद समेत जलेको छ। घर र घरभित्र रहेका धनसम्पती गरेर करिब ४५ लाखको क्षति भएको अनुमान गरिएको छ।

प्रहरी चौकी चौखुट्टेबाट तीन जना प्रहरी टोली घटनास्थलमा पुगेको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार