कञ्चनपुरमा एक गोठमा आगलागी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक गोठ र गोठसँगै जोडिएको भान्साकोठामा आगलागी भएको छ। जिल्लाको शुक्लाफाँटा नगरालिका–५ खजुवाका बिरबहादुर रतुकीको काठले बनेको कच्ची गोठ र गोठसंगै जोडिएको कच्ची भान्सा कोठामा बुधबार राती अचानक आगलागी भएको हो।

आगलागीबाट गोठका साथै भान्छा कोठामा रहेका अन्नपात लगायतका सामान जलि अन्दाजी १ लाख ५० हजार बराबरको क्षती भएको छ।

साथै आगलागीबाट गोठमा रहेका एक वटा भैंसी र एक वटा गाईको बाच्छीको जलेर मृत्यु भएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार