कुमारी बैक लिमिटेड आइबिआरडी शाखाले आश्रित परिवारलाई १ लाख आर्थिक सहयोग प्रदान

प्रकाशित:

किशोर तामाङ
कञ्चनपुर २१चैत २०८०
कुमारी बैंक लिमिटेड को कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म आठ करोड रूपैयाँ बराबरकोे बिमा रकम भुक्तानी प्रदान गरेको छ।

कुमारी बैक लिमिटेड कञ्चनपुर आइबिआरडी शाखाले आश्रित परिवारलाई आर्थिक सहयोग गरेको छ ।कुमारी परिवार सुरक्षा खाता योजना अन्तर्गत प्राण घातक रोगका करण मृत्यु भएका बिष्णुदत्त पौडेलका आश्रित परिवार लाइ एक लाख रुपैयाँ सहयोग गरेको हो । कुमारी बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संगिता शर्मा चटौतले पौडेलको घर पुनर्वास नगरपालिका वडा नं। ४ आइबिआरडी पुगेर एक लाखको चेक हस्तन्त्रण गरेकी हुन । स्वर्गीय पौडेलकी धर्म पत्नी कुमारीदेबी पौडेलले २०७९ साल कार्तिक ५ गते कुमारी परिवार सुरक्षा बचत खाता खोलेकी थिईन ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला र उनको पति वा पत्नी को प्रतिव्यत्ति १०र१० र १८ बर्ष मुनिका २ जना छोरा्छोरी को २र२ लाख बराबरकोे दुर्घटना बिमा सुबिधा, खातावाला र उनका पति वा पत्नी को १ लाख रुपैयाँ बराबरको प्राण घातक रोग बिमा सुबिधा, खातावाला र उनको पति, पत्नी तथा १८ बर्ष मुनिका २ जना छोरा्छोरी गरि जम्मा ४ जनाको १ लाख रुपैयाँ बराबरको वार्षिक रुपमा औषधी उपचार बिमा सुबिधा सहित एउटै बचत खाता वाट परिवारका कुल चार जना सदस्यले २६ लाख रुपैया सम्मको बिमा सुबिधा प्राप्त गर्ने सकिने कुरा कुमारी बैंक लिमिटेड आइबिआरडी शाखाका शाखा प्रबन्धक कृष्णराज जोशीले जानकारी दिए ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरूमाझ अत्यधिक लोकप्रिय रहेको आइबिआरडी शाखाका शाखा प्रबन्धक जोशीले बताए । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका चार हजार पाँच सय ग्राहकलाई ८ करोड रुपैयाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ ।

बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरी तथा ग्रामीण क्षेत्रबाट समेत ग्राहकहरू लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६५ दाबी रकम भुक्तान गरिएको छ भने मधेस प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११५ र १०५ तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा बापत सर्वाधिक, ५४५ रकम भुक्तानी गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार