दोधारा । दोधारा चाँदनीका भविसरा सुनारको घर जंगली हात्तीले भत्काईदिए संगै वडाध्यक्ष भक्त बहादुर सुनारले घर निमार्ण गर्ने भएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ सुनौलो टोल निवासी भविसरा सुनारको घर ३ दिन अघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिएको जंगली हात्तीले कच्ची घर क्षतबिक्षत गरेको थियो ।

जंगली हात्तीले भविसराको कच्ची घर भत्काउनुको साथै घरमा रहेको अन्नपात, लत्ताकपडा पुर्णरुपमा नष्ट गरेको भविसरा सुनारले बताएका छन् । मध्यरातमा आएको जंगली हात्तीले घर भत्काए संग उनि बेघर भएका छन् । जंगली हात्तीले घर भत्काएको खबर पाउना साथ दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष लगाएत सदस्यको टोली भविसराको घरमा पुगेका थिए ।

वडाध्यक्ष भक्त बहादुर सुनारको स्थलगत अनुगमन पछि वडाध्यक्ष सुनारले जंगली हात्तीबाट पिडित भविसरा सुनारको घर वडा कार्यालयले निमार्ण गरिदिने प्रतिबद्धता जाहेर गरेका छन् । ‘हामीले जंगली हात्तीले गरेको क्षतीको बारेमा स्थलगत अनुगमन गरेका छौं, एथासक्य भविसरा सुनारको निमार्ण कार्य अघि बढाउछौं’ वडाध्यक्ष भक्त बहादुर सुनारले भने । दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले भविसराको आर्थिक अवस्था निकै दैनिय रहेको अवस्थामा वडा कार्यालय र सहयोगी संस्थाहरुबाट खाद्यान्न सहयोग समेत गरिने योजना रहेको बताए ।



