दोधारा चाँदनी– २ मा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

प्रकाशित:

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– २ मा तिन दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको सहयोग र अपि खप्तड प्रालि।को आयोजनामा वडामा बसोबास गर्ने किसानहरुलाई तिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिएका छन् ।

वडामा बसोबास गर्ने महिला तथा पुरुष किसानहरुलाई छनौट गरि बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको वडाध्यक्ष पदम रावलले बताएका छन् । तालिममा वडाका ३८ जना ईच्छुक किसानहरुको सहभागिता रहेको थियो । आज एक कार्यक्रमको बिच तिन दिने बेमौसमी तरकारी खेती तालिमको समापन भएको वडाध्यक्ष पदम रावलले बताएका छन् । समापन सत्रमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष पदम रावल, वडा सदस्य, तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।

तालिममा सहभागीहरुलाई कृषी औजार समेत बितरण गरिएको वडा सदस्य मनकाला पुजार, खनालले बताएका छन् । बेमौसमी तरकारी खेति, लहरे तरकारी खेती, अर्गानिक तरकारी खेति, बजारमुखि तरकारी खेती र तरकारीमा लाग्ने रोग किराको ब्यवस्थापन लगाएतका बिषयमा शहजीकरण गरिएको थियो । दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न तालिममा सहभागी किसानहरुलाई आग्रह गरेका छन् ।

‘जब सम्म सिकेका कुरालाई व्यवहार नल्याए तालिमको कुनै औचित्य रहदैन्’ वडाध्यक्ष पदम राववले भने । आगामी दिनमा कृषीलाई आधुनिकरण गर्न बिभिन्न योजना बनाउने वडा कार्यालयले सोच बनाएको वडाध्यक्ष रावलले बताएका छन् । बेमौसी तरकारी खेती तालिमबाट उत्पादन मुखि व्यवसायी बन्न आग्रह गर्दै सम्पूर्ण सहभागीहरुलाई दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले शुभकामना दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार