भुकम्प प्रभावितका लागि १ सय २५ अस्थाई टहरा निर्माण

प्रकाशित:

बझाङ नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाले भुकम्प प्रभावितका लागि १ सय २५ वटा अस्थायी टहरा निर्माण गरेको छ । विनाशकारी भूकम्पबाट सबैभन्दा बढी भौतिक क्षती ब्यहोरेका बझाङका ३ वटा पालिकामा सो कार्याक्रम लागू भएको छ। भूकम्पले छेदबिछेद बनाएको छबिसपाथिभेरा गाउँपालिकामा १,सुगाला, परिङ्गाल ४ र६ को दान्ना झुटेडा र जयपृथ्वी नगरपालिका ३ को पडेश वडा न ११ को सुइल, मयाना र तलकोट गाउँपालिका गरि १ सय २५ घरपरिबारलाई सुरक्षित आवास र ३ सय लाभग्राहीलाई बहुउद्देश्यीय नगद सहायता रकम हस्तान्तरण गरेका छन्।

अस्थाई टहरा निर्माणको काम सुरु गरे लगत्तै पहिलो किस्ता बाफत लाभग्राहीलाई २५ हजार र काम सम्पन्न गरिसकेपछि फेरि २५ हजार गरि जम्मा ५० हजार अस्थाई टहरा निर्माणका लागि र १५ हजार खाद्यान्न तथा सरसफाइका सामाग्री खरिदका लागि खातामा जम्मा गरिदिएको रेडक्रस बझाङका फिल्ड कर्मचारी मधुकर श्रेष्ठले बताए । भूकम्पको उच्च जोखिममा रहेको बझाङ जिल्लामा असोज १६ गते आएको भुकम्पले बझाङका १२ हजार भन्दा बढी घरपरिबार घरबार बिहिन भए । सरकारले भुकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै पीडित परिबारलाई अस्थाई टहरा निर्माणका लागि ५० हजार रकम उपलब्ध गराउने उद्गघोष गरेको थियोे ।

अन्य पालिकामा सरकारका तर्फबाट अस्थाई आवास निर्माण गरिदै आएको भएपनी ठुलो भौतिक क्षती ब्योहोरेका
बस्तीमा नेपाल रेडक्रस सोसाइटीले आफ्ना गतिविधि अगाडि बढाएका हुन् ।
गैर सरकारी संस्था नेपाल रेडक्रस सोसाइटी बझाङले बिपत्तिको बेला आफ्नो घरआगन मै आएर राहत उपलब्ध गराएपछि वास्तविक भुकम्प पिडित लाई धेरै राहत भएको नरु गिरिले बताए ।

पहाडी जिल्ला बझाङको भौगोलिक बनोटले गर्दा वर्षाको समयमा बाढी–पहिरो र भुकम्प जस्ता विभिन्न प्रकोपको
सामना गर्दै कष्टकर जीवन गुजार्नु परेको स्थानीय को गुनासो छ । गत असोज १६ गते पछि बझाङमा साना ठुला गरि ७०० भन्दा बढी पराकम्पन आइसकेका छन् ।उसो त भुगर्भबिदले बझाङ भुकम्पको उच्च जोखिममा रहेको बताउदै आएका छन् । २०५७ सालको बाढीले पुरै गाउँको नामनिसान नै मेटाएको सुगाला ,परिङ्गाल बस्ती यसपालि भुकम्प बाट अछुतो रहन सकेन ।यसपालि आएको भुकम्पले सबैभन्दा यहीँ ठाँउ धेरै क्षती भएको र भूकम्पपछि त्रिपाल टागेर खुला आकाशमा जीवन धान्दै आएको र अहिले रेडक्रसले सुरक्षित आवास अन्तर्गत टहरा निर्माण गरेपछि धेरै सहयोग पुगेको छबिस्पाथिभेरा १ का मोहन गिरिले बताउन्छ्न ।

परम्परागत बाउबाजेले बनाएका‘ढुंगामाटाका कच्ची घर भएकाले अधिकाश घर क्षेदबिछेद अबस्थामा रहेका छन् । प्राकृतिक प्रकोप भुकम्प गएपछि नागरिकको ज्युधनको रक्षार्थ राहत तथा उद्वार गर्नका लागि रेडक्रस बझाङ शाखाले पालिक स्तरीय सम्यन्त्र बनाएर कार्याक्रम लागू हुने स्थानमा स्यमसेबक टोली परिचालन गरेर कामलाई प्रभाकारी बनाई रहेको छ। भूकम्पपश्चात् उद्धार र राहतका कार्यक्रममा क्रियाशील रेडक्रस बझाङ शाखाले प्रभावित क्षेत्रमा गएर न्यानो कपडा , पि फर्म शुद्द खानेपालिका लागि बालटिन र त्रिपाल जस्ता राहत सामाग्री बितरण गर्दा भुकम्प पीडितलाई राहत पुगेको बताए ।

सुरक्षित अस्थायी आवास निर्माण रेडक्रसका फोकल पर्सन उध्ब कार्कीका अनुसार कार्यालयले सुरक्षित आवासका लागि प्रतिपरिवार ५० हजार रुपियाँ, अस्थायी शौचालयका लागि १५ हजार, खानेपानीका लागि ६ हजार र बहुउद्देश्यीय प्रयोजनका लागि नगद १५ हजार रुपियाँ सहयोग गरेको र सबै सहयोग जोड्दा १ सय २५ घरपरिवारलाई ८६ हजार र ३ सय परिबारलाई तत्काल ब्यबस्थापनका लागि बहुउद्देश्यीय नगद रकम हस्तान्तरण गरेको कार्कीले बताए । स्थानीय सरकारका तर्फबाट भुकम्प पीडितलाई तत्काल अस्थाई टहरा निर्माण गर्न नितिनिर्माणको तहमा ढिलासुस्ती भैइरहेको परिस्थितिमा परोपकारी सस्था रेड्क्रस सोसाइटीले आफ्नो पालिकामा कार्यक्रम लागू गर्दा धेरै सहयोग पुगेको छबिसपाथिभेरा गाउँपालिका १ का अध्यक्ष करनजङ्ग बहादुर सिहले बताए ।

बिशेषगरि भुकम्प बाट प्रभावित भएका एकल महिला, अपांगता भएका ब्यक्ति , वृद्धावस्थाका बिरामी, विपन्न र सुत्केरी अबस्थाका महिलालाई पहिलो प्राथमिकतामा राख्दै कार्यालयले तोकेको मापदण्ड अनुसार सुरक्षित अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको नेपाल रेडक्रस सोसाइटी बझाङका सभापती रामदत्त उपाध्याले बताए । उहाँले भने ” हामीले स्थानीय तहले संकलन गरेको पुर्ण क्षतिको बिबरण अनुसार सुरक्षित आवास निर्माणको अभियान संचालन गर्यौ ,र त्यसमा पनि गरिब ,असाहाय ,वृद्ध अबस्थाका एकल ब्याक्तीहरुलाई बिपत्तिको बेला कसरी उद्वार गर्ने सकिन्छ भनेर रेडक्र्सस जिल्ला शाखा बझाङ बिपत्तिको बेला दुखीहरुको साहारा बन्दै गएको बताए ।

रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय बाट बझाङका भुकम्प प्रभावित क्षेत्रमा निर्माण भएका टहराको अनुगमन गरेको छ। लाभान्वित घरपरिबारको अबस्था बुझ्दै केन्द्रिय पदाधिकारीहरु दुर्गमबस्तीमा पुगेका छन् । वास्तविक भुकम्प पीडितको गुनासो लिदै अर्को कार्याक्रमा थप सहयोगका लागि रेडक्रस प्रतिबद्ध भएको बताउदै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार