बझाङ । बझाङका किसानलाई बाली जोगाउनै मुस्किल परेको छ। बादर र अन्य जंगली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्न थालेपछि बाली जोगाउनै मुस्किल देखिएको हो। थलारा गाउपालिकाको बिभिन्न वडा र अन्य पालिकाहरुमा लगाइएको गहु, दलहन बाली यतीबेला बादले खाएर सखाप पारि दिएका छन्।

गँहुको गुवा आउने समयमै खाएर बादरले हैरान पारेको थलारा गाउँपालिका(४ का स्थानीय कृष्णबहादुर सिहले बताए। पानी नपर्दा केहि गँहु लगाएतका बाली सुकेर गएको र बाँकी रहेको समेत बादरले खान थालेपछि समस्या भएको उनको भनाइ छ।



