ईशु नेगी ।
महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको छ । सीमावर्ती बेलौरी नगरपालिका वडा नम्बर–४ मा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको हो ।

बेलौरी तोरीको तेल ब्राण्डिङ्ग लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योगले सोमबार देखि शुद्ध तोरीको तेल उत्पादन गरिरहेको छ । प्रशोधित सहित उक्त जिल्लामै पहिलो तोरीको तेल उत्पादन बिक्रि वितरण गर्ने उद्योग स्थापना भएको उक्त नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले स्थानीय सरकार सहितको निजी क्षेत्रसगको संयुक्त साझेदारीमा तोरीको तेल उद्योग संचालनमा आएको बताए ।

उनले भने, ’झण्डै ३० लाख लागतमा उक्त तोरीको तेल उद्योग संचालनमा आएको हो । उक्त नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता सरक्षण केन्द्रको १० लाख र सम्झौता सहकारी संस्थाको ५ लाख संयुक्त लागतमा उक्त उद्योग संचालनमा आएको छ ।, हामी बेलौरी नगरबासी सीमावर्ती क्षेत्रका हौँ, घरमै उत्पादन हुने तोरी बिक्रि गरेर भारतीय बजारमा अखाद्य तेल उपभोग गरिरहेका छौँ भने, अखाद्य तेलबाट एकातिर मानव स्वास्थ्यमा असर अर्कातिर हाम्रो नेपाली पैसा भारतीय बजारमा अनावश्यक रूपमा खेर गरिरहेको नगर प्रमुख चौधरीले बताएका छन् ।’
त्यसैगरी उद्योग स्थापनाका लागि बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम मार्फत ८० प्रतिशत लगानीमा उक्त उद्योग संचालन गरेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । उनका अनुसार, ’उक्त उद्योग किसानबाट कच्चा पदार्थ खरिद गर्ने, त्यो कच्चा पदार्थको प्रशोधन सहितको बजारमा शुद्ध तोरीको तेल बिक्रि वितरण गर्ने हो ।
नगर प्रमुख चौधरीले हामीले पनि स्थानीय स्तरमा रहेका वस्तु तथा सेवाको उपभोग गरेर जनतालाई स्वच्छ खानेतेल पुर्याउने उदेश्य रहेको बताए ।
बेलौरी सहित आसपासका बेलडाँडी देखि लिएर लालझाडी र पुनर्वासमा समेत तोरी उत्पादनको राम्रो सम्भवना रहेकोले त्यसको उचित खपत सदुपयोग गर्दै किसान र उपभोक्तालाई लाभान्वित गराउने योजना रहेको नगर प्रमुख चौधरीले बताएका छन् ।
उनले भने, ‘स्थानीय स्तरमा उत्पादन भएको तोरीको उपभोगदेखि उत्पादित तेलको प्रशोधन सहित बजारमा उपभोक्ताका लागि शुद्ध तोरीको तेल बिक्रि वितरण नगरपालिकाको लक्ष्य हो । यसबाट एकातिर रोजगारी र अर्कातिर नागरिकको स्वास्थ्य सुधार हुने छ ।, उद्योग सञ्चालनमा आएपछि किसानले समेत तोरी बेच्नका लागि समस्या नहुने र उपभोक्तालाई समेत शुद्ध तोरीको तेल उपभोगका लागि सहज हुने छ् भने, कच्चा पदार्थको अभाव हुन् नदिन किसानहरूलाई नगरपालिका मार्फत तोरी उत्पादनका लागि समेत प्रर्बद्धनात्मक कार्यक्रम गर्ने उनले बताए ।’
त्यसैगरी सम्झौता बहुउदेश्यीय सहकारी संस्थाका लेखा संयोजक मनराज उपाध्यायले किसानहरूलाई बिउ बिजनदेखि लिएर अनुदानका कार्यक्रम संचालन गरेर तोरी उत्पादनका लागि समेत सहयोग गर्दै आइरहेको बताए ।
उनले भने, ’दक्षिणी क्षेत्रमा तोरीको राम्रो सम्भावना भएको सहकारीले स्थानीय सरकार सहितका सरकारी निकायसंग समन्वयमा उद्योग संचालनमा ल्याएको छौं । सहकारीले अब उक्त उद्योग संचालक समिति छुट्टै बनाएर अघि बढ्ने छ् भने, दैनिक ५ सय लिटर तेल उत्पादन गर्ने क्षमताको मेसिन रहेको उनले बताए ।’ भारतीय बजारबाट मानव स्वाथ्यका लागि हानिकारक भएको तेल उपभोग गर्न बाध्य भएका उपभोक्तालाई र किसानहरूलाई समेत सुविधा हुने उनको भनाई रहेको छ ।
उनले नगरपालिकामै शुद्ध तोरीको तेल उत्पादन भएपछि किसानहरू समेत हर्षित भएका बताए । त्यसैगरी स्थानीय किसान मिना चौधरीले उद्योग संचालनमा आएसंगै किसानहरूलाई तोरी बिक्रि वितरणमा सुविधा हुने बताइन् ।
उनले भनिन्, ’एकातिर किसानहरूलाई तोरी बेच्नेदेखि लिएर शुद्ध तोल उपभोगका लागि समेत सहज हुने भएको छ् भने, यस अघि हामीलाई तोरी बिक्रिका लागि समेत बजार खोज्नुपर्ने बाध्यता थियो । शुद्ध तोरीको तेल पाउँन पाउँदै समस्या थियो । अहिले किसानहरूलाई तोरी बेच्नेदेखि लिएर शुद्ध तोरीको तेल उपभोग गर्न सहजता भएको उनले बताइन् । ’ स्थानीय सरकार सहकारी क्षेत्रको सयुक्त लगानीबाट संचालनामा आएको उक्त उद्योगलाई निरन्तरता दिनुपर्नेमा स्थानीय एवम् सहकारीकर्मीले जोडदिएका छन् ।
त्यसैगरी कञ्चनपुरका बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिह भाटले उद्योग संचालनमा आएसंगै किसान र आम उपभोक्ताहरू बीच सम्बन्ध विस्तारदेखि स्वदेशी बस्तु तथा सेवा उत्पादन, बजारीकरणदेखि प्रर्बद्धन हुने बताए । उनले भने, ’उक्त उद्योग संचालनमा आएसंगै किसान र उपभोक्तालाई सिधै लाभ हुने भएको छ ।, उद्योगलाई निरन्तरता दिदै बजार प्रर्बद्धनमा जोड दिनु पर्ने उनले बताए ।’
बेलौरीमा शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग संचालनमा आएपछि किसान र उपभोक्ता समेत हर्षित भएका छन् भने, वषौँपछि शुद्ध तोरीको तेल उपभोग गर्न पाउने भन्दै उपभोक्ता हर्षित भएका हुन् ।
सोमबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले उद्योगको उद्घाटन अनुमगन गर्दै स्थानीय तहले स्थानीय वस्तु तथा सेवाको उत्पादन, उपभोग एवम् प्रर्बद्धनमा जोडदिएका छन् ।