महेन्द्रनगर । कञ्चनपुरमा फागुन तेस्रो साता देखि सुरुहुँने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला (महोत्सव) का लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले प्रत्येक वर्ष महेन्द्रनगरमा महोत्सव आयोजना गर्दै आएको छ । यो वर्षपनि आगामी फागुन २१ गते देखि महोत्सवको तयारी थालिएको छ ।

सोहि अनुरुप उक्त महोत्सवको प्रमुख अतिथीकालागि प्रधानमन्त्री प्रचण्डलाई कञ्चनपुर उद्योग वाणिज्य संघले निमन्त्रणा गरेको हो ।

१५ औँ सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रमुख अथितिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई निमन्त्रणा गरिएको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गर्नलागेको १५ औं सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा प्रमुख आतिथ्यता स्विकार गर्दै उद्घाटनका लागि महेन्द्रनगर आउने प्रतिबद्धता जनाएको अध्यक्ष पिताम्बर जोशीले बताए ।