पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिनेः १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व

प्रकाशित:

काठमाडौँ । पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य संकलन आगामी पुसदेखि गरिने भएको छ ।

बाहिरबाट ल्याइएका पशु चौपायालाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले पुसबाट मात्रै वीर्य संकलन गरिने पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा।जगदीश पाण्डेयले बताए ।

पशु चौपायाबाट वीर्य संकलन गर्नका लागि करिब साढे दुई वर्षको उमेरको हुनुपर्ने उनले जनाए । भारतबाट ल्याइएका मुर्रा राँगाको उमेर २४ महिनादेखि २८ महिना उमेरका छन् । ‘सबै राँगामा साढे दुई वर्षकै उमेर हुनु पर्छ भन्ने छैन,’ उनले भने, ‘कुनै–कुनै बाठा हुन्छन् ।’

उनका अनुसार एक पटकमा, एक मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने छ । सातामा २ पटक वीर्य संकलन गरिने छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ ।

उनका अनुसार साढे १९ सय कृत्रिम गर्भाधान गराउने सक्रिय संघ संस्थाहरु छन् । उनीहरूले किसानको घरमै गई कृत्रिम गर्भाधान गराउँदा कति रुपैयाँ पर्ने भन्न नसकिने उनको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार