जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा ४४ विद्यालय सहभागीः पिपलाडीको राष्ट्रिय मावि प्रथम

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा बुधवार जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेका छ ।

१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा संघले बुधवार जिल्ला स्तरय अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा ४४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । सामुदायीक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले उक्त हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाएको निमार्ण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।

प्रतियोगितामा राष्ट्रिय मावि पिपलाडी प्रथम, लक्ष्मी मावि बागफाँटा दोस्रो बैजनाथ मावि महेन्द्रनगर बजार तेस्रो र सिद्ध बैजनाथ मावि बनशाहले चौथो भएका छन् । प्रतियोगितामा सहभागि भएका ४४ विद्यालयका टिमहरुलाई ४ समुहमा विभाजन गरेर नकआउट प्रणालीबाट प्रतिस्पर्धा गराइएको हो ।

एक समुहमा ११ विद्यालयका टिमलाई प्रतिस्पर्धा गराई पहिलो र दोस्रो टिमलाई मात्रै चार ओटै समुहबाट छनौट गरि फाइनलमा आठ टिम बिच प्रस्पिर्धा गराइएको हो । उक्त प्रतिस्पर्धामा शुक्लाफाँटा नगरपालिका पिपलाडीको राष्ट्रिय माविले प्रथम स्थान हासिल गरेको हो ।

१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना भएको उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुँने राष्ट्रिय मावि पिपलाडीले २१ हजार १११ रुपैँया पुरस्कार राशी पाएको छ ।

त्यस्तै दास्रो हुने लक्ष्मी मावि बागफाँटाले १५ हजार १११ रुपैँया, तेस्रो हुने बैजनाथ मावि महेन्द्रनगरले ११ हजार १११ रुपैँया र चौथो एवं सान्तवना हुनेले ५ हजार १११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र १६ औं निर्माण दिवसको दिन मंसिर २२ गते प्रदान गरिने अध्यक्ष भट्टले बताए ।

उक्त अन्तर माध्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता भीनपा–१८ गोबरैया स्थित निङ्गलाशैनी माद्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो । कार्यक्रमको उद्धाटन सत्रमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी प्रमुख अतिथी थिए ।

त्यस्तै शिक्षा विकास समन्वय ईकाईका राजेन्द्र प्रसाद भट्ट, कञ्चनपुर प्रहरी प्रमुख एसपी कमल थापा, बैजनाथ माविका प्रअ हरिराज बिष्ट, निंगलाशैनी माविका प्रअ भवानी प्रसाद पन्त लगायतका व्यक्तित्वहरु विशिष्ट अथितीको रुपमा रहेका थिए ।

जिल्लामै निर्माण व्यवसायी संघले राष्ट्रिय दिवसको अवसरमा पहिलो पटक अन्तर माध्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार