महेन्द्रनगर । सुदूर पश्चिममा लागु औषध नियन्त्रणको क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएका कञ्चनपुरका प्रहरी हवल्दार पदम सिंह बिष्ट सहित देशभरबाट पाँच जना प्रहरी पुरस्कृत भएका छन् ।
लागु औषध नियन्त्रणको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका कञ्चनपुरका प्रहरी हवल्दार बिष्ट सहित पाँच जना प्रहरीलाई लागु औषध नियन्त्रण ब्यूरोले पुरस्कृत गरेको हो ।
लागु औषध नियन्त्रणमा उत्कृष्ट एवं प्रशंसनीय काम गरेको हुँदा पाँच जना प्रहरीहरुलाई पुरस्कृत गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरमा दरबन्दी रहेका प्रहरी हवल्दार विष्टलाई नौ सय रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको हो । उनी लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत छन् ।
उनीसँगै प्रहरी वरिष्ठ हवल्दार नवराज घिमिरे, प्रहरी हवल्दार जयसी प्रसाद यादब, रामजी लम्साल र सचिदान्द विश्वासलाई समेत पुरस्कृत गरिएको छ ।