महिलाहरुलाई संविधानले दिएको थुप्रै अधिकार भएपनी सुदुरपश्चिममा कार्यन्वयनको अवस्था शुन्य

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । आज मंसिर महिनाको १५ गते अधवा लैङ्गिक हिंसा विरुद्धको ७ औ दिन । यतिबेला देशभरनै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शुदुरपश्मि पैरवि जिल्ला संजाल कञ्चनपुरले प्रथम महिला भेला कार्यक्रम समपन्न गरेको छ ।

शुदुरपश्मि पैरवि जिल्ला संजाल कञ्चनपुरले संजिवनी नेपालसंगको समन्वय तथा टेवा काडमान्डौको सहयोगमा शुदुरपश्मि पैरवि जिल्ला संजालको प्रथम महिला भेला समपन्न गरेको हो ।संजिवनी नेपाल कञ्चनपुरकि अध्यक्ष तथा शुदुरपश्मि पैरवि जिल्ला संजाल कञ्चनपुरकि संयोजक नितु भट्ट भन्डारीले वडाहरुमा छरिएर रहेका महिलाहरुलाई एकमुस्ट ल्याउने र महिलाहरुको राजनितिक,सामाजिक र आर्थीक स्थीतिमा पहुच का साथै सुधार हुनुपर्ने पैरवि संजालको मुख्य उदेश्य रहेको भट्टको भनाई रहेको छ ।

भट्टले महिलाहरुलाई संविधानले दिएको थुप्रै अधिकार भएपनी सुदुरपश्चिममा कार्यन्वयनको अवस्था शुन्य रहेको जिज्ञासा व्याक्त गरेकी छन् । महिला अधिकार कार्यान्वयको अवस्थालाई अगाडि बढाउन पैरवि महिला संजालले कामगर्ने र साथै आगामि दिनहरुमा संजालले वडामा रहेका बजेट विनियोजन देखी लियर महिलाका लागि कति सम्बेदनशिल छ निकाय भनेर समेत खबरदारी गर्ने बताएकी छन् । महिलाहरुको लागि आवाज उठाउने, महिलाहरुलाई विपन्न क्षेत्र तह तप्का बाट अगाडि बढाउन पैरवि संजालले सहयोग गर्ने उनको भनाई रहेको छ ।

पैरवि संजाल कार्यक्रममा बोल्दै पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधब धामीले पछिल्लो समय नेपाल सरकारले पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई साथ दिने गरेको बताए ।अध्यक्ष धामीले बर्षाै देखी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको भए पनि लैङ्गिक हिंसामा कमि आउनुको साटो बढ्दै गईरहेको बताए ।यस्ता कार्यक्रममा खर्चको दुरुपयोग भई कार्यक्रमको उपलब्धी भने शुन्य रहेको धारणा व्याक्त गरेका छन् ।

शुदुरपश्मि पैरवि जिल्ला संजालको स्थापना विस २०६७ सालमा भएको र शुदुरपश्चिममा मात्र २७ सय ५१ सदस्य रहेका छन् ।कञ्चनपुरको भीमदत्त नगरपालिकाका १९ वटै वडामा भने ५१ वटा सदस्य रहेका संयोजक नितु भट्ट भन्डारीले बताइन् ।
कार्यक्रमको सभापतित्व नितु भट्टले गरेकि थिईन भने प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरकि उप प्रमुख राम कुमारी रानाले गरेकी थिईन् ।भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडामा रहेका जनप्रतिनिधि तथा निवर्तमान जनप्रतिनिधि महिलाहरुका हकहित र अधिकारको लागि आवाज उठाउने सम्बन्धीत निकायहरुको समेतको उपस्थीती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार