दसैँका लागि कञ्चनपुरका थारु समुदाय घर सजाउँदै

प्रकाशित:

महेन्द्रनगर । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन्। दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ। उनले थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वाय जस्तै भएकाले घरआँगन सजाउन लागेको बताए। अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छु, उनले भने, दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो। उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए। थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिनाअघि देखि नै हुने गर्दछ।

दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छु, उनले भने, पूजा सएिपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्ने गर्दछन्। अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक् रहेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार