महेन्द्रनगर । भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ ।
नेपाललाई प्रथम स्थान हासिल गराउन बैतडी घर भएका राजेन्द्र कलौनीले गोल्ड मेडल प्राप्त गरे। नेपालले बङ्लादेशलाई हराएर प्रथम भएको हो । प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ ।
नेपाललाई गोल्ड मेडल दिलाउन सफल कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीका अध्यक्षसमेत हुन् ।
जापान कराँते डो.कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, भुटान र श्रीलंका सहभागी थिए ।
प्रतियोगितामा लाठी र कराँते मात्रै रहेको थियो। लाठीमा भने भारतले पहिलो स्थान पाएको छ ।