महेन्द्रनगर । कञ्चनपुरका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर वडामा सामुदायिक पुस्तकालय स्थापना गरेका छन् ।

शुक्रबार आफ्नो जन्मदिनको अवसरपारेर कञ्चनपुरको भीमदत्त–११ का नरेन्द्र सार्कीले सामुदायिक पुस्तकालय स्थापना गरेका हुन् ।

वडाकै आदर्श विकास युवा क्लबका अध्यक्ष समेत रहेका नरेन्द्र सार्कीले आफ्नो जन्मदिनको अवसरमा सामुदायिक पुस्तकालय स्थापना गरेका बताएका छन् ।

‘मैले जन्मदिन मनाउनका लागि बचत गरेको खर्चले केही पुस्तक र सामानहरू जम्मा गरेर सामुदायिक पुस्तकालय खोल्ने कार्यको सुरुवात गरेको छु ।’ सार्कीले भने,– ‘अहिले केहि सानो मात्रा बाट सुरुवात गरेका छौं । भोलिका दिनमा यस पुस्तकालयलाई चलाउने काम हाम्रो आदर्श विकास युवा क्लब अन्तर्गत नै हुनेछ, बिस्तारै यसमा पुस्तकको संख्या बढाउँदै लैजान्छौ ।’
उक्त सामुदायिक पुस्तकालयको उद्घाटन भीमदत्त–११ का वडाध्यक्ष प्रकाश थापाले गरेका छन् ।


