महेन्द्रनगर । सुदूरपश्चिममा प्रदेशको पहिचानको पर्व गौरालाई परम्परागत अनुसार नै मनाउने निर्णय भएको छ् ।

नेपाल पञ्चाङ्ग विकास समितिले परम्परा भन्दा फरक ढंगले गौरा मनाउन उर्दी जारी गरेपछि उक्त कार्य प्रति यहाँका जनताले असन्तुष्टी जनाएका थिए । सुदूरपश्चिमका ज्योतिष घनश्याम आचार्यले भाद्र २१ गते गौराको लागि उपयुक्त हुन्छ भनेर आवाज उठाए सङ्गै केन्द्रले विज्ञप्ति जारी गरी ७ गते मनाउन अपील गरेको थियो ।

त्यसैगरी गुगुल्डि वाङमय प्रतिष्ठानले आज कञ्चनपुर महेन्द्रनगरमा सांस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरी विगतका कार्यक्रमका सहभागी प.जगदीश ओझाले सनातन सभ्यतामा कतिपय कर्म सम्पादनका मान्यता त्यहाँको देशाचार, लोकाचार, कुलाचारको मान्यताले हुँदै आएकाले यस्ता पहिचान र मौलिकता बोकेका हाम्रा पर्व त्यही अनुसार मनाउनु पर्नेमा जोड दिएका छन् ।

तर अधिकांश ठाउँमा गाउँ समाजमा बसेर २१ गते निर्णय गरेको र सोही क्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजीत कार्यक्रममा पनि वक्ताले २१ गतेको माग गरेकोले प्रदेश मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
सुदूरपश्चिममा गौरा पर्व मनाउनु अगाडि अधिकाँश ठाउँमा गौरा एकादशी अथवा पुत्रदा एकादशी नउपासेर मनाउने चलन छैन् । त्यसैले अधिकाँश सहभागीले हचुवाको भरमा जिम्मेवार निकायले उर्दी जारी गर्दा आफ्नो मान मर्दन भएको गुनासो समेत पोखेका छन् ।