महेन्द्रनगर । कंचनपुरको महेन्द्रनगरमा रहेको लिटिल बुद्व एकेडेमी देशभरकै माध्यमिक बिद्यालयमा उत्कृष्ट भएको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा लिटिल बुद्धलाई उत्कृष्ट माबि – २०८० सहित राष्ट्रिय शिक्षा सम्मान प्रदान गरिएको हो ।

फोकस नेपाल नामक संस्थाले प्रत्येक बर्ष देशभरका माविहरु आन्तरिक मुल्यांकन गरेर बिधालयहरुलाई विभिन्न बिधामा सम्मानित गर्ने गरेको छ ।

शनिवार काठमाडौमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस नेता अर्जुननर सिंह केसिले लिटिल बुद्धका प्रीन्सिपल श्यामसिंह मौनीलाई उक्त सम्मान पत्र हस्तान्तरण गरे ।

फोकस नेपालले बिधालयको भौतिक पुर्वाधारको अवस्था, नतिजाको अनुपात, दक्ष र अनुभविबाट अध्यापन, अतिरिक्त क्रियाकलाप,दक्ष जनशक्ति उत्पादन, सामाजिक र शिक्षा क्षेत्रमा पुर्याएको योगदान लगायत विषयमा मुल्यांकन गरेर उत्कृष्ट बिद्यालय घोषणा गर्दछ ।
लिटिल बुद्ध एकेडेमी निरन्तर दोस्रो पटक उत्कृष्ट बिधालयमा पर्न सफल भएको हो । २०७९ मा पनि उत्कृष्ट विद्यालयबाट सम्मानित भएको थियो ।
विद्यालयका प्रिन्सिपल मौनीले दोश्रो पटक पनि उत्कृष्ट बनाउन सहयोग गर्ने विद्यालयका सम्पूर्ण टिमलाई धन्यवाद ब्यक्त गरे ।




