एनपी साउँदः जनतामा प्रतिबद्ध विकासको कसिलो आधार

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसको भातृ संगठन हो, नेपाल विद्यार्थी संघ अर्थात नेविसंघ । सुदूर पश्चिमबाट देशभर नै नेविसंघको नेतृत्व हाक्ने प्रधानमन्त्री शेर बहादुर देउवा पछिको दोस्रो नेता हुन्, कञ्चनपुरका नारायण प्रकाश (एनपी) साउँद ।

कञ्चनपुरको महेन्द्रनगरबाट विद्यार्थी राजनीति सुरु गरेका कांग्रेस नेता साउँद ०४८ देखि ०५३ सम्म नेवि संघको केन्द्रीय अध्यक्ष रहेर नेपालको राष्ट्रिय राजनीतिमा दबदबा सुरु गरे । नेपाली कांग्रेसबाट ०५६ मा कञ्चनपुर–२ बाट प्रतिनिधि सभामा विजय भएका नेता साउँदले जिल्लाकालागी महत्वपुर्ण कामहरु गरेका छन् ।

०५८ देखि ०५९ सम्म शिक्षा राज्यमन्त्री भएमा नेता साउँदले देशभर नै शिक्षाको क्षेत्रमा अग्रगामी कामहरु गरेका छन् । उनले ०६३–०६४ मा व्यवस्थापिका संसदमा रहेर काम गरे भने, ०७० सालको दास्रो संविधान सभामा कञ्चनपुर–२ बाट विजय भएका नेता साउँद लगत्तै सिँचाई मन्त्री भए ।

कांग्रेसको विद्यार्थी राजनीतिमा सानै उमेर देखि क्रियाशिल नेता साउँद ०५९ देखि हाल सम्म केन्द्रीय सदस्य रहे काम गर्दै आएका छन् । नेता साउँद कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ का लागि विकासको खुट्किला बसाउने नेता हुन । जनतामाझ गरेका प्रतिबद्धतालाई कार्यान्वयमा बिलम्ब नगर्ने नेता साउँद राष्ट्रिय राजनीतिमा उच्च छविका नेता हुन । नेता साँउदले सत्ता तथा पहुँचमा हुँदा कञ्चनपुरका लागि गरेका कामहरु यस्ता छनः

भौतिक पूर्वाधार बिकास योजनाः
झोलुङ्गे पुलः
–कृष्णपुर नगरपालिका–७ शान्तीपुर देखी गेटा जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर नगरपालिका–८ मजगै दैखी श्रीलकां जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर नगरपालिका–७ शान्तीपुर देखी अत्तरिया झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर–७ कार्कीकटान देखी मालादेखी जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर–३ चित्रपुर देखी देखतभुली जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा– ११ अम्मरपुर देखी बेलडाँडी जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा– ११ अम्मरपुर देखी मुक्तशिविर जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा–१० कसरौल देखी टोटी ९त्रिपुरेश्वर० जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–बेदकोट–२ जडेपानी हात्तीथला जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–बेदकोट–४ समादैजी घटाल जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–बेदकोट हुदै पोलखरी जाने झोलुङ्गे पुल निर्माण सम्पन्न ।

पक्की पुलः
–कृष्णपुर मालुबेला गुलरीया साबिकको रैकवार विचवा हुदै धनगढी उपमहा नगरपालिकाको शहिदगेट जोड्ने घोडाघाटबाट मोहना नदीमा ३ स्थान पुल निर्माण सम्पन्न ।
–बेदकोट १ र २ पथरीया खोलामा पक्की पुल निर्माण सम्पन्न ।
–बेदकोट ३ र ४ जोड्ने चौधर पुल निर्माण सम्पन्न ।
–पिपरीया र राजघाट जोड्ने घलघले खोलामा सिगंल स्पान पुल निर्माण सम्पन्न ।
–बिचवा र पिपरीया जोड्ने घलघले खोलामा सिगंल स्पान पुल निर्माण सम्पन्न ।
–कलुवापुर देखी सिमकोट जोड्ने बलुवा खोलामा सिगंल स्पान पुल निर्माण सम्पन्न ।
–कृष्णपुर न।पा। कार्की कटान अत्तरीया जोड्ने मोहना नदीमा डबल स्पान पुल निर्माण सम्पन्न ।
–दैजी–बेलडाँडी (हुलाकी) राजमार्गमा रहेको बलमा नदीमा २०७१–२०७४ भित्र ३ स्पानको ९० मिटर लम्बाई भएको पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटाको कलुवापुर– बेलडाँडी (बुडर) नाईल सडकमा पर्ने अनौखी खालामा २ स्पान ८० मिटर लम्बाई पुल २०७१–२०७४ मा निर्माण सम्पन्न ।
–कृष्णपुर– ६ मौरीफाटा (बलुवाफाटा) बन्जरीया जोड्ने खर्साहा खोलामा डबल स्पान पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा २ र ३ जोड्ने सुनवरा नदीमा ३ स्पान पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा– ११ कलुवापुर–बन्साहा जोड्ने चितौरा खोलामा पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा –७ टोटी नालामा शन्तीपुर९कालापानीइ जोड्ने पुल निर्माण सम्पन्न ।
–बेतकोट– ४ चौधर भम्का बगुन जोड्ने पुल निर्माण सम्पन्न ।
–बेदकोट–४ साजगाड खोलामा घटाल थान पुल निर्माण सम्पन्न ।

सडकः
–मालुबेला–गुलरीया–रैवार बिचवा–धनगढी उप महा नगरपालिकाको सहिद गेट जोड्ने २६ किलोमिटर लम्बाई कृषि सडक निर्माणधिन ।
–देखतभुली–वाणी–दामिल्ला–बुडर–नाईल सडक सम्मको निर्माणधिन सडकलाई यथशिघ्र स्तरोन्नती गर्ने ।
–कलुवापुर बजार–दोम्मिला–बुडर–नाईल जोड्ने सडक दण्ड निर्माधिन ।
–सुडा–सिद्धेश्वर मसन्दर–पर्शुराम नगरपालिका सडक खण्ड निर्माधिन ।

खानेपानीः

–कृष्णपुर नगरपालिका अन्तर्गत खानेपानी आयोजनाहरुमा वर्डा नं. २,४,५,६,८,९ मा निर्माणधिन खानेपानीलाई बृहत केन्द्रीत खानेपानी परियोजनामा परिणत गरिने छ ।
–शुक्लाफाँटा न.पा. भित्रका वडाहरुको खानेपानी योजानलाई यथाशिग्रघ सम्पन्न गरिनेछ ।
–सुडा टाउन खानेपानी आयोजना रु ३७ करोडको लागतमा सम्पन्न भई हाल जडीत घरधुरी २,०००। र ३००० घरधुरी जडानको क्रममा रहेको छ ।

शुक्लाफाँटाः
–साविक झलारी–पिपलाडी गाविस लाई शुक्लाफाँटा नगरपालिकामा रुपान्तरण गरी उत्त पालीकालाई एडीबीकोे योजनामा सम्पूर्ण शुक्लाफाँटा समेट्ने गरी हाल बिभिन्न पयिोजना संचानलमा रहेको छ ।
–झलारी स्वास्थ्य चौकीलाई स्रोत साधन सम्पन्न सहित ल्याब सेवा लगाएत बिभिन्न स्वास्थ्य सामग्रीको व्यवस्थापन ।
–वडा नं. ११ स्थित सुनवरा सहकारी संस्था मार्फत एम्बुलेन्स प्रदान तथा सेवा संचालनमा आएको छ ।
–अर्जुनी स्थित सर्पदशं भवन निर्माणमा आवश्क बजेट विनियोजन ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेता साउँद, यसपटकको चुनावमा दाउ लगाउन जनतामाझ छन् । नेता साउँदका प्रमुख प्रतिस्पर्धी हुन्, नेकपा एमालेका नर बहादुर धामी ।

राष्ट्रिय राजनीतिमा उच्च छवि बनाएका कांग्रेस नेता साउँद सामु एमालेका उम्मेदवार धामी लर्खडाएका छन् । ०७४ को निर्वाचनमा साउँदलाई पराजित गरेर धामीलाई विजयको ताज पहिर्याएका जनता उनी प्रति सशंकित छन् ।

कांग्रेस नेता साउँद आफ्ना प्रष्ट एजेण्डा तथा प्रतिबद्धता र पहिले गरेको कामको सुचि सहित जनता माझ छन् । भने एमाले नेता धामीलाई पाँच वर्ष कामै गर्न नसकेको जनता आरोप लगाइरहेका छन् ।

अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता र जिते पछि गाउँ नै नफर्केको आरोप सहित नेता धामीलाई एमालेकै कार्यक्रताले टोल प्रवेशमा निशेध गरेका खबरहरु समाजिक सञ्जाल संगै विभिन्न समाचार माध्यमहरुमा समेत छरपस्ट आएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार