कञ्चनपुरमा गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा, रावल र खड्काको उम्मेदवारी यथावत

प्रकाशित:

महेन्द्रनगर। सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

साझा उम्मेदवारबाहेक कञ्चनपुरका दुई वटा प्रदेशसभा क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। नेकपा ९एकीकृत समाजवादी ले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गरिरहेको हो।सीट बाँडफाँट नमिलेका ठाउँमा दलहरूले आ–आफ्ना उम्मेदवार उठाएका हुन्।

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा मित्रवत् प्रतिस्पर्धा हुने गठबन्धनले जनाएको छ। यहाँ नेकपा एकीकृत समाजवादीका तर्फबाट लालबहादुर खड्का उम्मेदवार छन्। गठबन्धनले कांग्रेसका बहादुरसिंह थापालाई चुनावी मैदानमा उतारेको छ।खड्काले मित्रवत् प्रतिस्पर्धा गरिरहेका हुन्।

यस्तै प्रतिनिधिसभा क्षेत्र ३ को प्रदेशसभा १ मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। एकीकृत समाजवादीले प्रकाश रावललाई उम्मेदवार बनाएको यो क्षेत्रमा गठबन्धनले माओवादी केन्द्रका टेकेन्द्र भट्टलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ। यहाँ रावलले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन्।

आज गठबन्धनले साझा उम्मेदवारको सूची सार्वजनिक गरी केही ठाउँका विवाद छलफलबाट हल गर्ने र केहीमा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो।

ताजा समाचार

सम्बन्धित समाचार