भ्रष्टाचारविरुद्ध ‘संघर्ष’ : कम्युनिष्ट युवा ७ नम्बर ब्यूरोको कडा चेतावनी

प्रकाशित:

महेन्द्रनगर । कम्युनिष्ट युवा संगठन सुदूरपश्चिम ७ नम्बर प्रदेश ब्यूरोको बैठक बिहीबार धनगढीमा सम्पन्न भएको छ। बैठकले देशभर बढ्दै गएको भ्रष्टाचारका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसविरुद्ध आवश्यक परे निर्णायक संघर्षमा उत्रिने चेतावनी जारी गरेको छ।

बैठकमा संगठनका सुप प्रदेश इञ्चार्ज दिपेन्द्र सिंह ऐरीले तीन महिना अघि भदौ २३ र २४ मा चलेको ‘जेनजी आन्दोलन’ पश्चात सत्ता परिवर्तन भए पनि भ्रष्टाचारका गतिविधि रोकिनुको साटो अझै जारी रहनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै अब भ्रष्टाचार अन्त्यका लागि कडा र ठोस कदम लिनुपर्ने आवश्यकता औँल्याए।

बैठकमा संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आथित्यमा भएको बैठकमा पाटी प्रदेश इन्चार्ज देवीदत्त पाण्डेय सहितका नेताहरुले भ्रष्टाचार नियन्त्रणमा सशक्त भूमिका निर्वाहमा निर्देशन दिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार