कैलालीमा विभिन्न किसिमका लागूऔषधसहित एक जना

प्रकाशित:

कैलालीः जिल्लाको जानकी गाउँपालिका ९. कटासेका २७ वर्षीय शंकर थापा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ परेका हुन्।

थापालाई उनकै घर भित्र कोठामा शंकास्पद बसिरहेको अवस्थामा उनको शरीर तथा घर कोठा खानतलासी गर्दा ८ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन, ३० ग्राम लागूऔषध गाँजा निकाटोर १०, लेखेको ट्याब्लेट २ पिस र ट्रारामाडोल क्याप्सुल १ पिस फेला पारी उक्त लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो।

थापालाइ लागूऔषध नियन्त्रण व्यूरो शाखा धनगढी र प्रहरी चौकी अमरावती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार