कञ्चनपुर। महेन्द्रनगरमा टिभिएस एक्सचेन्ज मेनिया आइतबारदेखि सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय नजिकैको टिभिएस शोरुम परिसरमा सुरु भएको मेला जेठ ११ देखि १६ गतेसम्म सञ्चालन हुनेछ।

कम्पनीले यो मेला सुदूरपश्चिममा हालसम्म आयोजना गरिएका सबैभन्दा ठूलो टिभिएस मेला हो । टिभिएस महामाया ट्रेड एन्ड सप्लायर्स, महेन्द्रनगरमा आयोजना हुने यो मेनियाले ग्राहकहरूलाई आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस सवारी साधन लैजाने अवसर प्रदान गर्नेछ।

यो एक्सचेन्ज मेनियामा सहभागी ग्राहकहरूले विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। मुख्य आकर्षणहरूमा रु। ८,००० सम्मको नगद छुट, १८ महिनासम्मको ७।९९५ ब्याजदरमा सजिलो किस्ताबन्दी ९भ्ःक्ष्०, र रु। १०,००० सम्मको अतिरिक्त सुविधा समावेश छन्। त्यस्तै, पुरानो बाइक गुडे पनि नगुडे पनि न्यूनतम रु। ३०,००० को मूल्याङ्कन गरिनेछ।

नयाँ टिभिएस खरिद गर्ने ग्राहकहरूले हेल्मेट, ब्याग, र बाइक कभर निःशुल्क प्राप्त गर्नेछन्। सबैभन्दा विशेष कुरा, नयाँ टिभिएस सवारी साधनमा आजीवन वारेन्टीको सुविधा उपलब्ध छ, जसले ग्राहकहरूलाई लामो समयसम्म ढुक्क बनाउनेछ।
त्यस्तै केही सिमित बाइकहरूमा शुन्य ब्याजदर समेत रहेको छ बताइएको छ।
टिभिएस महामाया ट्रेड एन्ड सप्लायर्सले यो अवसरमा ग्राहकहरूलाई किफायती र सुविधाजनक तरिकाले नयाँ सवारी साधन खरिद गर्ने अवसर प्रदान गरेको छ। यो मेनियाले महेन्द्रनगरका बासिन्दाहरूलाई आफ्नो पुरानो सवारी साधनको उचित मूल्य प्राप्त गर्दै नयाँ टिभिएसको अनुभव लिन प्रोत्साहित गर्नेछ।