वैशाख १२ गते चिकित्सकहरुको आन्दोलन, देशभरका सम्पुर्ण सरकारी तथा निजी अस्पताल, क्लिनिकहरुको सेवा बन्द गरिने

प्रकाशित:

महेन्द्रनगर । नेपाल चिकित्सक संघको आह्वानमा शुक्रवार (भोली) सरकारी तथा निजी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरु बन्द हुँने भएका छन् ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय अनुसार आवासीय चिकित्सकहरुले हाल सम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाँउबाट धम्की आउने गरेको कारण देखाउदै नेपाल चिकित्सक संघले भोलि देशभरका सम्पुर्ण सरकारी तथा निजी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरु बन्द गर्न आह्वान गरेको छ ।

सोहि अनुसार कञ्चनपुर लगायत सुदूरपश्चिममा रहेका सम्पुर्ण अस्पताल तथा क्लिनिकहरु बन्द गरेर चिकित्सकहरुको देशव्यापी आन्दोलनलाई समर्थन सहित ऐक्यवद्धता जनाउने नेपाल चिकित्सक संघका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक डा. प्रशान्त भट्टले बताए ।

कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पताल र अन्य समेत रहेका अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने डा. भट्टले बताए ।

बिहिबार चिकित्सकहरुले आफ्ना माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका हुन् । शुक्रबार बिहान ११ बने माईतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको नेपाल चिकित्सक संघले विज्ञप्ति मार्फत जनाएको छ ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार