पूर्वराजालाई पार्टी खोलेर प्रतिस्पर्धा गरौं : नेपालको चुनौती

प्रकाशित:

कालिकोट । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने चाहना भए पार्टी खोलेर दलहरुसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।

पार्टीको १० औं जिल्ला अधिवेशन कालिकोटको रास्कोटमा उद्घाटन गर्दै नेपालले कोही मान्छे राजा आऊ देश बचाउ भनिरहेको प्रसंग उल्लेख गर्दै सबैले राजालाई चिनिसकेका बताए ।राजाको प्रधानमन्त्री बन्ने चाहना भए पार्टी खोलेर चुनाव लडे भइगो । वंशको शासन सम्भव छैन उनले भने ।

उनले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको लुटपाट, चोरी र आगजनीबाट राजतन्त्रको असली रूप जनताले देखिसकेको बताए । अबको बाटो उन्नत लोकतन्त्र र समाजवादी गणतन्त्रको हो,ु उनले भने, ुराजालाई सबैले चिनेका छन्, गतिला भए पो राजा ।

रास्कोटको विकास र समृद्धिका लागि जनप्रतिनिधि सक्रिय भएकोमा खुसी व्यक्त गर्दै उनले जनताको सुविधाका लागि इलाका प्रशासन कार्यालय आवश्यक रहेको बताए । उनले जनतामा भएको निराशा चिर्न सरकारले उत्पादनमा जोड दिँदै रोजगारीमा वृद्धि गर्नु पर्ने पनि सुनाए ।

ताजा समाचार

सम्बन्धित समाचार