दोधारा चादनी नगरपालिकामा स्वोबियु निर्वाचन सम्पन्न, निर्वाचित उम्मेदवारहरुलाई बधाई एवं सम्मान

प्रकाशित:

महेन्द्रनगर । दोधारा चादनी नगरपालिका, चैत्र ०५ गते ( दोधारा चादनी नगरपालिका अन्तर्गत भानु बहुमुखी क्याम्पसमा सम्पन्न भएको पहिलो स्वोबियु (छात्र संघ) निर्वाचनमा निर्वाचित भएका नेबि संघका उम्मेदवारहरुलाई बधाई एवं सम्मान कार्यक्रम आयोजना गरिएको छ।

यस कार्यक्रममा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरुले आफ्नो निर्वाचनमा समर्थन जनाउनुभएका सबै विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई आभार व्यक्त गरे।निर्वाचन प्रक्रिया पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा क्याम्पस प्रशासनले खुशी व्यक्त गर्दै नयाँ निर्वाचित टिमलाई क्याम्पसको विकास र विद्यार्थीहरूको हितमा काम गर्न आह्वान गरेको छ।

निर्वाचित अध्यक्षले आफ्नो कार्यकालमा विद्यार्थीहरूको शैक्षिक गुणस्तरमाथि ध्यान केन्द्रित गर्ने र क्याम्पसको वातावरणलाई अझ राम्रो बनाउने बाचा दिएका छन्।

यस अवसरमा नेपाली काङ्ग्रेस नगर पदाधिकारी, शिक्षकगण, विद्यार्थी तथा अभिभावकहरू उपस्थित थिए। कार्यक्रमको समापनमा निर्वाचित टिमले सबैलाई सहकार्यको अपेक्षा गर्दै आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरे।

ताजा समाचार

सम्बन्धित समाचार