पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ।

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवामा उपसचिव तिलक प्रसाद रिजाललाई पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको हो ।

मन्त्रालयले ५३ जना उपसचिवहरुलाई सरुवा तथा कामकाजमा खटाइएको छ। अहिले पुनर्वास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नौ महिनादेखि शाखा अधिकृत लक्ष्मी दत्त भट्ट छन् ।
