महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेवि संघ) कञ्चनपुरले कलेजहरु संगठन दर्ता कार्य सम्पन्न गरेको छ । सोमबार नेवि संघ जिल्ला कार्य समिति कञ्चनपुरद्वारा जिल्लाका १४ ओटा कलेजहरुमा संगठन दर्ता कार्य सम्पन्न भएको हो ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौत लगायतका विद्यार्थी नेताहरुको पहलमा जिल्लाका १४ ओटा कलेजहरुमा संगठन दर्ता कार्य सम्पन्न भएको विद्यार्थी नेता दिनेश भट्टले बताए ।

रौलेश्वर बहुमुखस् क्याम्पस बेलडाँडी, महाकाली बहुमुखी बेलौरी, जनता बहुमुखी पुनर्वास, कञ्चन बहुमुखी गुलरिया, कृष्ण बैजनाथ झलारी, उदय सरस्वती बंक, घटाल बहुमुखी सुडा, बाल जागृति कलेज ऐठपुर, दानेश्वर हरि बहुमुखी जिमुवा, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, जनज्योति बहुमुखी क्याम्पस भासी, भानु बहुमुखी दोधारा, कञ्चन सामुदायिक कलेज र बारिधी कलेज महेन्द्रनगरमा गरेर १४ ओटा कलेज तथा क्याम्पसहरुमा नेवि संघले संगठन दर्ता गरेको अध्यक्ष चटौतले बताए ।

आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँने भएपछि कांग्रेसको भ्रातृ संस्था नेवि संघलाई जिताउन सम्पूर्ण कुरा थाति राखेर विद्यार्थी नेता तथा पार्टीपंक्ती स्ववियु निर्वाचन केन्द्रीत भएका छन् ।
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा सात नेतालाई जिम्मेवारी दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी पुर्वमन्त्री एनपी साउँदले पाएका छन् ।
स्ववियु निर्वाचनमा कांग्रेस र एमालेका विद्यार्थी संगठन मूख्य प्रतिस्पर्धी शक्ति भएकाले स्वच्छ वातावरणमा निर्वाचन गराउन भूमिका खेल्न आन्तरिक सर्कुलर गरिएको छ ।