धनगढी सामुदायिक वनमा दुई शव झुन्डिएको अवस्थामा भेटिए

प्रकाशित:

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।सो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

साइकलमा सामान बाँध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेको उहाँले जानकारी दिनुभयो । यसैगरी, चौधरी झुन्डिएको घटनास्थलभन्दा करिब १५÷२० मिटर टाढा भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको जनाइएको छ ।

बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थललाई सिल गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार