काठमाडौं । नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन भनेको छ ।
मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबट बोल्दै माओवाद सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताइन् ।

‘पूर्वराजलाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो,’ उनले भनिन् ।संविधान निरंकुश नरहेको ख्याल गर्न पूर्वराजालाई उनको सन्देश छ ।
‘अहिलेको संविधान निरंकुश छैन, सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ । त्यतातिर जान उपयुक्त हुन्छ । अन्यथा धेरै चुरीफुरी गर्न आवश्यक छैन,’ उनले भनिन् ।
