नेपाली बजारमा सुनको मूल्यमा गिरावट

प्रकाशित:

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार