घाँस काट्दा भिरबाट लडेर अस्ताइन् २३ वर्षिय दिपा, ८ महिने छोराको बिचल्ली !

प्रकाशित:

महेन्द्रनगर । घाँस काट्ने क्रममा बैतडीमा एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

आइतबार दिउसो घाँस काट्ने क्रममा वडा नम्बर ४ कै जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु सुर्नया गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप सिंह महराले जानकारी दिए ।

मृतक महिलाका श्रीमान् भारतमा कमाउन गएका छन् । घरमा ८ महिने छोरा एक्लै रहेका छन् । आफन्तले आठ महिने छोराको रेखदेख गरिरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार