भीमदत्त-८ भानु टोलमा विधुत ट्रान्सर्फमर जडान, स्थानीय हर्षित

प्रकाशित:

दिर्घराज ओझा ।

महेन्द्रनगर । कंचनपुरको  भीमदत्त नगरपालिका-८ तिलाचौर स्थित भानु टोलमा  विद्युत ट्रान्सर्फमर जडान गरिएको छ ।

लामो समयदेखि विद्युत् आपूर्तिमा समस्या झेल्दै आएका भानु टोलका बासिन्दा उक्त कार्यले खुशी भएका छ्न । स्थानीय प्रशासन र सरोकारवालाहरूको पहलमा आजदेखि नयाँ ट्रान्सफर्मर जडान कार्य थालिएको हो ।

यस कार्यले टोलवासीलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने विश्वास गरिएको छ। सम्बन्धित निकायहरूले जनताको अपरिहार्यतालाई ध्यानमा राखी सहकार्य गरेको ट्रान्सर्फमर जडानको कार्यले सार्थकता पाएको भीमदत्त-८ का वडाध्यक्ष मदन राज मिश्रले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार