दोधारा चाँदनीमा आगलागी हुँदा एक लाखको धनमाल जलेर नष्ट

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ झाक्रीटोलमा आगलागी हुँदा एक लाखको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय कर्णबहादुर शाहीको खरले छाएको भान्सा र टिनले छाएको गोठमा आगलागी भएको हो।

विद्युतको तार सर्ट भएर आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामानहरु गरेर एक लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार