कस्तो छ आजको मौसम ?

प्रकाशित:

काठमाडौं। आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको छ। तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका केही भागमा बदलीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाडी भू–भागमा दिउँसो र राति आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार