कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ।

शुक्रबार महेन्द्रनगरको ब्रिक्सन कलेजमा अन्तर्राष्ट्रिय युवा सम्मेलन एक कार्यक्रमका बीच सुरु भएको हो।

सम्मेलन तीन दिनसम्म चल्ने छ। अक्सफामको सहयोग र निडस नेपालको ट्रान्सबाउन्ड्री रिभर अफ साउथ एसिया परियोजना अन्तर्गत ग्रामीण महिला विकास तथा एकता केन्द्र र सामुदायिक ग्रामीण विकास समाज नेपालका साझेदार संस्थाहरूको सहकार्यमा सम्मेलन सुरु भएको हो।

सम्मेलनमा नेपाल भारत र बङ्गलादेशका युवायुवती सहभागी छन्।