कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनखेतमा रहेको विस्डम किड्स मन्टेश्वरी स्कुलले ‘मास्टर एण्ड मिस विस्डम किड्स’–२०८१ आयोजना गरेको छ।

पहिलो पटक मन्टेश्वरी स्कुलमा यस्तो प्रतियोगिता आयोजना गरिएको विस्डम किड्स मन्टेश्वरी स्कुलकी प्रिन्सिपल निलम गुरुङले बताइन्।

अध्ययरत बालबालिकाको आत्मबल तथा क्षमता अभिवृद्धिका साथै लुकेको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो।

‘कलेजहरुका विद्यार्थीहरुका लागि यस्तो प्रतियोगिता भइरहेका थिए। नानीबाबुहरुको आत्मबल विकास गर्न तथा क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले पहिलो पटक मन्टेश्वरी स्कुलमा पनि कार्यक्रम आयोजना गरिएको छ,’ उनले भनिन्।
‘मास्टर विस्डम किड्स’ र ‘मिस विस्डम किड्स’–२०८१ विजेता बालबालिकालाई पुरस्कारले सम्मानित गरिएको थियो। यस्तै, दुवै विधामा फस्र्ट रनरअप र सेकेण्ड रनरअप हुने बालबालिकालाई पनि पुरस्कार प्रदान गरिएको थियो।
मन्टेश्वरीमा एक सय ३० बालबालिका अध्ययनरत रहेका छन्। अतिरिक्त क्रियाकलापमा जोड दिँँदै जिल्लामा नमूना मन्टेश्वरीको पहिचान बनाउँदै गएको विस्डम किड्स मन्टेश्वरी स्कुलले बिहिबार मार्च पास, नृत्य, गायन लगायत कार्यक्रम पनि गरेको थियो।
सहभागी बालबालिकाहरुलाई थप कार्य गर्न प्रेरणा पुग्ने उद्धेश्यले पुरस्कार दिएर सम्मानित गरिएको छ।