कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले एसिया–नेपाल इन्टरनेशनल अवार्ड–२०२५ हासिल गरेको छ।

शैली मिडिया नेटवर्क प्रा.लि.ले लिटिल बुद्ध एकेडेमीलाई एसिया–नेपाल इन्टरनेशनल अवार्ड–२०२५ अन्तर्गत स्कुल अफ द इयर अवार्ड प्रदान गरेको हो।

शिक्षा र सामाजिक सेवाकामार्फत राष्ट्रलाई योगदान गरेको भन्दै लिटिल बुद्ध एकेडेमीलाई अवार्डबाट सम्मानित गरिएको छ।

युएइमा आयोजित कार्यक्रममा लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्यामसिंह मौनीलाई पुरस्कार हस्तान्तरण गरिएको थियो।