कस्तो रहला आज देशभरको मौसम ?

प्रकाशित:

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ।

देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

‘बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

केहीबेर अघि काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियम मापन भएको छ। आज दिउँसो काठमाडौँमा अधिकतम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ। आज बिहान ६ बजेर ५३ मिनेट जाँदा सूर्योदय भएको छ। सूर्यास्त साँझ पाँच बजेर ४० मिनेटमा हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार